नागरिकता विधेयक हुबहु पारित, राष्ट्रपतिको सुझाव लाई बेवास्ता

नागरिकता विधेयक हुबहु पारित, राष्ट्रपतिको सुझाव लाई बेवास्ता

  • Kanchan News

  • बिहिबार, भदौ २, २०७९

  • 63
    SHARES
नागरिकता विधेयक हुबहु पारित, राष्ट्रपतिको सुझाव लाई बेवास्ता

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराए ।

राष्ट्रपति अघिल्लोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा ८ बुँदे ध्यानाकर्षणसहित संसदलाई फिर्ता पठाएकी थिइन् । उनले उल्लेख गरेका बुँदाहरुलाई सम्बोधन नगरी जस्ताको तस्तै पारित गरिएको हो ।

आजको बैठकमा प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए ।

आजको बैठकमा विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाको हकमा तुरुन्तै नागरिकता नदिन प्रावधान राख्न माग गरेका थिए ।

प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले ७ वर्षे प्रावधान राख्दा के बिग्रन्छ ? भन्दै प्रश्न गरेका थिए ।

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले व्यवस्था नै नभएको विषयमा धेरै चर्चा भएको बताए । संविधानको व्यस्था अनुसार नै विधेयक ल्याइएको उनको भनाइ थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News