पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरु बन्द

पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरु बन्द

  • Kanchan News

  • बिहिबार, साउन २६, २०७९

  • 137
    SHARES
पोखरामा एडिनो भाइरसका बिरामी बढे, विद्यालयहरु बन्द

पोखरा
विद्यार्थीहरुमा एडिनो भाइरस देखिएपछि पोखराका अधिकांस विद्यालयहरु बन्द भएका छन् । उच्च ज्वरोले अस्पतालमा पुगेका ५० प्रतिशत बालबालिकामा एडिनो भाइरसका लक्षण भेटिएको छ । अधिकांस विद्यार्थीहरुमा उच्च भाईरल ज्वरोको मात्रा बढी देखिएपछि विद्यालयनै बन्द गर्नुपरेको हो । एडिनो भाइरसले विद्यार्थीहरुमा उच्च ज्वरो, टाउको दुख्ने, रुघाखोकी लाग्ने, वान्ता र झाडापखला जस्ता लक्षण देखिएपछि पोखराका अधिकांश विद्यालय बन्द भएका हुन् । अन्य व्यक्तिहरुमा समेत भाईरस ज्वरोको संक्रमण देखिएको छ ।
भाईरस ज्वरोका बिरामीहरुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बेडहरु भरिभराउ भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरत खत्रीले जानकारी दिनुभयो । पोखरामा एडिनो भाइरस चेकजाँच गर्ने मेसिन नहुँदा के भएको हो ठ्याक्कै भन्न नसकिएता पनि एडिना भाईरसको अनुमान गरिएको उहाँले बताउनुभयो । समस्या बढ्दै गए काठमाडौं चेकजाँचका लागि नमुना पठाएर भए पनि समस्याको समाधान खोजिने उहाँले बताउनुभयो ।
यस्तो किसिमको भाइरसले विद्यार्थी संक्रमिण भएपछि पोखराका स्कुल बन्द हुने क्रम बढेको छ । विद्यार्थीमा उच्च ज्वरो आएपछि पोखरा १४ मा रहेको सहिद स्मृति विद्यालयले आइतबारबाटै पठनपाठन बन्द गरेको छ । विद्यार्थी स्कुल आउनै छाडेपछि पोखरा १९ मा रहेको गण्डकी बोडिङ स्कुलले पनि बुधबारबाट पठनपाठन रोक्ने सूचना जारी गरेको छ ।
एडिनो भाइरस नेपालमा काठमाडौं हुँदै पोखरा छिरेको हुन सक्ने अनुमान गरिएको छ । ‘ एडिनो भाइरस पत्ता लगाउन काठमाडौंको टेकु अस्पताल जानुपर्छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News