कास्कीमा थपिए ८ हजार मतदाता

कास्कीमा थपिए ८ हजार मतदाता

  • Kanchan News

  • शनिबार, साउन २१, २०७९

  • 53
    SHARES
कास्कीमा थपिए ८ हजार मतदाता

 देशमा प्रदेश र सङ्घको निर्वाचन घोषणा भएको छ ।

आगामी प्रदेश र सङ्घको निर्वाचनका लागि सङ्कलन गरिएको नामावलीमा कास्कीमा ८ हजार नयाँ मतदाता थपिएका छन् ।

फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको प्रदेश निर्वाचन कार्यालयले २०७९ साउन २० गते दिउँसो सम्मको मतदाता नामावली सार्वजनिक गरेको हो ।

कास्कीका ५ वटै पालिकामा गरी करिब ८ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताउनुभयो  ।

“हामीले स्थानीय चुनाव सकिए लगत्तै नामावली सङ्कलनका लागि आह्वान गरेका थियौँ । यस पटक अनलाइनबाट पनि नामावली भर्न मिल्ने व्यवस्था गरेका थियौँ । यस कारण यो छोटो समयमा धेरैले मतदाता नामावलीमा नाम टिपाउनुभएको हो”, प्रमुख पराजुलीले भन्नुभयो ।

कास्कीका ५ वटै पालिकामामा सबैभन्दा बढी पोखरा महानगरपालिकामा मतदाता थपिएका छन् ।

कास्कीका ४ गाउँपालिका र १ महानगरपालिकामा करिब ८ हजार नयाँ मतदाता थपिएका हुन्  । स्थानीय निर्वाचन पछिको यो छोटो अवधिमा नयाँ मतदाता थपिएका हुन् ।

“अब मतदाता नामावली सङ्कलन सकियो । फोटोसहितको नामावली सङ्कलन हुँदैन ।”उहाँले भन्नुभयो ।

कास्कीका ५ पालिका पोखरा, रुपा, माछापुच्छ्रे, मादी, अन्नपूर्ण गरी ५ पालिका छन् ।

२०७९ को स्थानीय तहको चुनावमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News