जर्ज जोन प्रतिष्ठानको शिक्षासेबी सम्मान तथा २४ औं बार्षिकोत्सब सम्पन्न

जर्ज जोन प्रतिष्ठानको शिक्षासेबी सम्मान तथा २४ औं बार्षिकोत्सब सम्पन्न

  • Kanchan News

  • शनिबार, साउन २१, २०७९

  • 88
    SHARES
जर्ज जोन प्रतिष्ठानको शिक्षासेबी सम्मान तथा २४ औं बार्षिकोत्सब सम्पन्न

पोखरा ,साउन २१
शिक्षासेबी जर्ज जोनको नाममा स्थापित प्रतिष्ठानले शिक्षासेबी सम्मान ,छात्रवृत्ति बितरण एबम २४ औ बार्शिकोत्सब कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्बी मान गुरुङले गण्डकी प्रदेशका शिक्षा सेबिहरुलाइ सम्मान गरेका हुन।
यसरी सम्मानित हुनेमा बेनि क्याम्पस म्याग्दिका पूर्ब अध्यक्ष बालकृष्ण सुवेदी , पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. बिकास के सि, प्राध्यापक डा. मीन पून ,शितलादेबी सामुदायिक बिधालय पोखराका अध्यक्ष टीका बहादुर कार्की ,महेन्द्र मा बि घार्मी पोखराका पूर्ब अध्यक्ष हुतराज शर्मा पौडेल ,पृथ्वीनारायण क्याम्पसमा बिगत ४३ बर्षदेखि कार्यरत कार्यालय सहायक मनसुबा थापा रहेका छन।
उनिहरुलाइ दोशल्ला र सम्मान पत्रले सम्मान गरीएको हो ।
साथै सो अबसरमा बिश्वबिद्यालय तथा बिधालय तहमा अध्ययनरत विभिन्न बिध्यार्थीहरुलाइ बिपन्न तथा जेहेन्दार छात्रवृत्ति समेत बितरण गरिएको थियो ।
यसरी छात्रवृत्ति पाउनेमा पोखराको पृथ्वीनारायण क्याम्पसको बिज्ञान संकाय तेश्रो र दोश्रो बर्षमा अध्ययनरत सरिता सुनार र लिलाधर भट्ट तथा भद्रकाली मा .बि .कक्षा पाँचमा अध्ययनरत करण बोहोरा रहेका छन ।
सम्मान गर्दै प्रदेश प्रमुख गुरुङले असल गुरु जर्ज जोनलाई भगवानको उपमा दिदै समग्र गण्डकी प्रदेशलाइ शिक्षाको ज्योती फैलाउन उहाँको कार्य अतुलनिय रहेको बताए ।
सो अबसरमा सम्मानित ब्यक्तिहरूको तर्फबाट बालकृष्ण सुवेदी ,प्रा . डा . बिकास के सि ,पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा डा सरोज कोइराला , पोखराका मेयर धनराज आचार्य , प्रतिष्ठानका उपाध्यक्ष राम गोपाल ढेवाजु , प्रतिष्ठानका सदस्य अर्जुन अधिकारी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष गेहेन्द्रश्वर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत सदस्य अरुणा शेरचनले गरेकी थिएन भने संचालन सचिब राजिब पहारिले गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News