गत आवमा स्याङ्जामा ट्राफिक कारबाहीमा ७१ लाख ४२ हजार राजस्व सङ्कलन

गत आवमा स्याङ्जामा ट्राफिक कारबाहीमा ७१ लाख ४२ हजार राजस्व सङ्कलन

  • Kanchan News

  • आइतवार, साउन ८, २०७९

  • 60
    SHARES
गत आवमा स्याङ्जामा ट्राफिक कारबाहीमा ७१ लाख ४२ हजार राजस्व सङ्कलन

 गत आर्थिक बर्ष ०७८/७९ मा स्याङ्जामा करिब १० हजार सवारी साधनहरू कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गत आर्थिक वर्षमा ९ हजार ९१६ सवारीलाई कारबाही गरेको हो ।

२०७८ साउनदेखि २०७९ असारसम्म उक्त सङ्ख्यामा सवारी कारबाहीमा ७१ लाख ४२ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत आर्थिक वर्षको साउन महिनामा ४७६ सवारी कारबाहीमा ३ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, भदौ महिनामा ५४४ सवारी कारबाहीमा ३ लाख ९५ हजार ५००, असोजमा ६८० सवारी कारबाहीमा ४ लाख ८४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

कार्तिकमा ८१४ सवारी कारबाहीमा ६ लाख ६५ हजार, मङ्सिरमा ६३९ सवारी कारबाहीमा ४ लाख ८५ हजार ५००, पुसमा ७०० सवारी कारबाहीमा ४ लाख ८५ हजार, माघमा ७५० सवारी कारबाहीमा ५ लाख ३१ हजार, फाल्गुनमा ८०० सवारी कारबाहीमा ५ लाख ७१ हजार राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, चैतमा ८५० सवारी कारबाहीमा ६ लाख १४ हजार, वैशाखमा ९५० सवारी कारबाहीमा ६ लाख ६४ हजार ५००, जेठमा ११ सय सवारी कारबाहीमा ७ लाख ७१ हजार ५०० र असारमा १६ सय १३ सवारी कारबाहीमा पर्दा ११ लाख ३७ हजार ५०० राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको अन्तिम महिना असारमा धेरै सवारी कारबाहीमा परेका छन् । त्यस्तै, अन्य महिनामा भन्दा असारमा राजस्व सङ्कलनमा वृद्धि भएको छ भने कारबाहीमा पर्ने सवारीहरूमा ट्रक, बस, जिप कार भ्यान, ट्याक्टर, मोटरसाइकललगायत छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय अभियान नै सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नभएका, ओभर लोड, ओभर स्पिड, अनावश्यक हर्न, सवारीको अनावश्यक स्वरूप परिवर्तन, गाडीमा अनावश्यक स्टिकर राख्ने, गाडीको अगाडि भागमा झल्लरहरू झुन्ड्याउने, नम्बर प्लेट अस्पष्ट रहेका लगायतका सवारी कारबाहीमा परेका छन् ।

कार्यालयका प्रमुख कुँवरका अनुसार असार महिनामा दुर्घटना न्युनिकरणका लागी विशेषगरी ठुला सवारी साधन तथा चार पाङ्ग्रे सवारी साधनमा अनावश्यक रुपमा सिसा नदेखिने गरी झल्लर झुन्डाउने, डबल मिनिङ लाग्ने सायरीहरू लेखिएका, अनावश्यक पोस्टरहरू हटाउने अभियान सञ्चालन गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News