पोखराका मेयर धनराज आचार्यको नाम कसरी जुरेको थियो ? ज्योतिषी नै जानून् ! तर, धनराज नामजस्तै धनी देखिएका छन् । वैध तरिकाले धन कमाउनु अपराध पनि हैन । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनी ४० करोड ७६ लाख ४५ हजारका मालिक हुन् । यसमा उनको पिताको सम्पत्ति उल्लेख गरिएको छैन ।
त्यसमा पाँच तोला हीरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख नगद पनि छ । पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा छन । पोखराको वडा नं. ९ मा २८९ वर्गमिटर जग्गामा ९ करोड २५ लाख रुपैयाँका दुईवटा घर छन । ती दुवै घर श्रीमती पुष्पाकुमारी पौडेल आचार्यको नाममा छन । श्रीमतीकै नाममा काठमाडौं सीता पाइलामा १ करोड ८५ लाख रुपैयाँ मूल्य बराबरको घर ९२५ वर्गफिटको २ कित्ता जग्गामा रहेको छ ।२ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको खुलाएका छन् । टोयटा ¥याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एक वटा र ३ वटा स्कुटर आफूसँग रहेको विवरणमा उल्लेख छ ।
पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर रहेको उनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । मेयरकै नाममा दोलखामा ५८ रोपनी ७ आना जग्गा छ । त्यसलाई ८७ लाख रुपैयाँमा खरिद गरेको उनले उल्लेख गरेका छन ।मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा शेयर रहेको छ ।
४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति र २ करोड ८५ लाख रुपैयाँ उनको ऋण छ ।प्रोभिजनल स्टोर्स, हेलो स्टेशनरी, युनाइटेड पब्लिकेसन हुँदै व्यवसायमा अघि बढेका आचार्यसँग अहिले जलविद्युत, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज, मल उद्योग, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी जस्ता साना ठूला २ दर्जन व्यावसायिक प्रतिष्ठानको स्वामित्व छ ।
हेलो स्टेसनरीको नाममा महालेखाले सिधै खरिद गरेको भनेर प्रतिवेदनमा कैफियत पनि उठाएको छ । उनको स्टेशनरीबाट महानगरले टुक्रे योजना बनाएर सार्वजनिक खरिद ऐन विपरित सामग्री किनेको उल्लेख छ । अनेरास्ववियुबाट राजनीतिमा लागेका आचार्य एमाले फुटेपछि तत्कालीन माले र फेरि एमालेमै फर्किएका थिए । पछि माधव नेपालले समाजवादी पार्टी गठन गरेपछि उनी पनि त्यतै लागे ।
पोखराको मेयर पाउनको लागि उनले माधव नेपालमार्फत् गठबन्धनमा व्यापक दबाब दिएका थिए । एमालेको अन्तरविरोध र गठबन्धनको बलमा अहिले उनी पोखरको मेयरमा छन । जेठ १२ गते पदभार सम्हालेको उनले ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन ।