डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटाको पन्तले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटाको पन्तले जिते नगद एक लाख

  • Kanchan News

  • मङ्लबार, साउन ३, २०७९

  • 76
    SHARES
डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटाको  पन्तले जिते नगद एक लाख

डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिका—१ का निवासी रमेश पन्तले एक लाख रुपैँया जित्न सफल भएका छन् ।

कम्पनीको हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर योजनाअन्तर्गत सो क्यास आइडी भएका ग्राहकले एक लाख रुपैयाँ जितेका हुन् ।

केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के.पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाइका थिए ।

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जित्नुभएको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिन्छन् भन्ने विश्वास कम्पनीले लिएको छ ।

१ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

डिशहोमका ग्राहकहरूले सो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ ।

‘लक्की ड्र’को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News