नवीकरणविनै उडाउँछन् पोखरामा आधा प्याराग्लाइडिङ

नवीकरणविनै उडाउँछन् पोखरामा आधा प्याराग्लाइडिङ

  • Kanchan News

  • शुक्रबार, असार ३१, २०७९

  • 66
    SHARES
नवीकरणविनै उडाउँछन् पोखरामा आधा प्याराग्लाइडिङ

शाहसिक खेल प्याराग्लाइडिङ आफैंमा जोखिमपूर्ण मानिन्छ । त्यसमा पनि खेल सञ्चालनको जिम्मा लिएका कम्पनी अझ बढी जिम्मेवार हुनुपर्छ । तर, पोखरा महानगरपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका प्याराग्लाइडिङ कम्पनीमध्ये आधाले दर्ता/नवीकरण नगरेको पाइएको छ ।

महालेखा परीक्षकको ५९औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाको क्षेत्राधिकारमा कुल ६३ कम्पनी छन् । जसमध्ये २९ वटा कम्पनीले मात्र दर्ता/नवीकरण गरेका छन् । यस्ता कम्पनीले वार्षिक १ लाख रुपैयाँ प्याराग्लाइडिङ शुल्क बुझाउनु पर्छ ।दर्ता भएका व्यवसायीले बुझाउनु पर्ने दर्ता शुल्क समेत बुझाएका छैनन् । यसरी नउठेको रकम ५३ लाख ५९ हजार रुपैयाँ असुल उपर गर्न बाँकी रहेको छ ।

पोखरा महानगरपालिकाले सेती खोँच (डेभिड फल्स) दृष्यावलोकनका लागि निर्माण सेवा कम्पनीसँग ६६ लाख ६६ हजारमा सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०७७ कात्तिकसम्म अन्तिम किस्ता बुझाउनु पर्ने थियो । कम्पनीले भने २९ लाख ९८ हजार रुपैयाँ मात्र बुझाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News