नेप्से २ हजार माथि

नेप्से २ हजार माथि

  • Kanchan News

  • बिहिबार, असार ३०, २०७९

  • 97
    SHARES
नेप्से २ हजार माथि

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अंक (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अंकबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो ।

नेप्सेसँगै होटल र निर्जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १.६१ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार बजारमा २ अर्ब ४१ करोड १८ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३० करोड १९ लाखको सेयर किनबेच भएको छ । यस्तै अपर तामोकोशी हाइड्रोपावरको १४ करोड १४ लाखको कारोबार भएको छ ।

बिहीबार लगानीकर्ताको आकर्षणमा सामूहिक लगानी कोषको इकाइ पर्दा धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत कम्पनी मध्ये अपर तामाकोशीको सर्वाधिक ७.१४ प्रतिशतले सेयरमूल्य वृद्धि हुँदा रिभर्स फल्स पावर लिमिटेडको सेयरमूल्य ६.३९ प्रतिशतले बढेको छ । यता प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक ५.०१ प्रतिशतले गिरावट हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३.३१ प्रतिशत र समिट लघुवित्तको सेयरमूल्य ३.०१ प्रतिशतले गिरावट भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News