माइक बिग्रिएपछि गण्डकी प्रदेश सभाको बैठक आधा घन्टाको लागि स्थगित गरिएको छ । आइतबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा बजेटमाथि छलफल चलिरहेको थियो । सोही क्रममा माइकमा प्राविधिक समस्या आएको बताउँदै सभामुख नेत्रनाथ अधिकारीले ३० मिनेटका लागि स्थगित भएको जानकारी गराए । बजेटमा सांसदले मुख्यमन्त्री र मन्त्रीले बाबु आमाको नाममा ट्रस्ट खोल्दै करोडौं रकम राख्दा जनताले ५ लाखको खानेपानी, सडक, विद्युत्का योजना नपाएको बताएका थिए ।जनताको ढाड सेक्ने गरि कर बढाउने, जनतामुखी बजेट ल्याउन नमानेर आफ्नो मनपरी तरिकाले बजेट ल्याइएको एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बताए । उनका अनुसार संघीयता नै धरापमा पार्नेगरी सरकारले बजेट ल्याएको छ । उनले पछि थप गरिएका २८ करोडका योजनाको लागि बजेट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि प्रश्न गरेकाथिए ।