अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने

अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने

  • Kanchan News

  • आइतवार, असार १९, २०७९

  • 136
    SHARES
अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप सैन्य सहयोग गर्ने

 अमेरिकाले युक्रेनलाई ८२ करोड डलर बराबरको थप नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले थप सैन्य सामाग्री उपलब्ध गराउने घोषणा गर्नुभएको हो। नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका अरू युद्ध सामाग्री रहेका छन्। पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेपछि अमेरिकाले युक्रेनलाई नयाँ सैन्य सहयोग गर्ने घोषणा गरेको हो।

रुसले युक्रेनी सेनामाथि जताततै घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ। यसअघि युक्रेनले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलब्ध गराउन आह्वान गरेकाे थियो। यसैबीच, युक्रेनी राष्ट्रपति भोलाेदिमीर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गर्दा अमेरिकी राष्ट्रपतिले कृतज्ञता प्रकट गर्नुभएको थियाे।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News