जसपाले मन्त्रीहरुलाई फिर्ता बोलाउने

जसपाले मन्त्रीहरुलाई फिर्ता बोलाउने

  • Kanchan News

  • शुक्रबार, असार १७, २०७९

  • 71
    SHARES
जसपाले मन्त्रीहरुलाई फिर्ता बोलाउने

नता समाजवादी पार्टी (जसपा)ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका बेला जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जानकारी दिए । शुक्रबार बिहान यादवले अनलाइनखबरसँग भने, ‘मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको छ तर को–कोलाई सरकारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।’

हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।

यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News