मधेश प्रदेश

मधेश प्रदेश सरकारले शहीद परिवारलाई मासिक २१ हजार भत्ता दिने

मधेश प्रदेश सरकारले शहीद परिवारलाई मासिक २१ हजार भत्ता दिने

  • Kanchan News

  • बिहिबार, असार १६, २०७९

  • 120
    SHARES
मधेश प्रदेश सरकारले शहीद परिवारलाई मासिक २१ हजार भत्ता दिने

मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार रूपैयाँसम्मका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका लागि छात्रवृत्तिसमेत दिन लागेको हो ।

शहीद परिवारको भरणपोषण तथा छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर सहयोगलाई यही महिनादेखि नै वितरण गर्ने प्रदेश सरकरको लक्ष्य छ ।

कार्यविधिमा मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएकामध्ये आर्थिक अवस्था कमजोर भएका परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार प्रदान गरिने उल्लेख छ ।

यस्तै, शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म अध्ययन गर्न १६ हजार र ७ देखि १२ सम्मको अध्ययन गर्नेलाई १८ हजार वार्षिक रूपमा एकमुष्ठ छात्रवृत्ति दिइने जनाइएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News