बिहीबार पनि सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४० करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७ अंकमा कायम भएको हो । सबै सूचकमा हरियाली छाएको छ ।बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे । २ कम्पनीको मूल्य घट्यो भने अरु सबै १९१ कम्पनीको मूल्य बढ्यो ।
नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोको मूल्य ठीक १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्त, सीवाईसी, सूर्योदय वमी लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो । कर्पाेरेट डेभलपमेन्ट, शिवम सिमेन्ट, रिलायन्स फाइनान्स तथा पन्चकन्या माई र नेपाल पुनर्बीमाको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे ।