
निरन्तरको वर्षाका कारण झरेको पहिरोेले बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुईदिनदेखि लगातार परेको वर्षाका कारण उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो गएपछि आज बिहानैदेखि सवारी साधन आवत–जावत बन्द भएको छ ।
प्रहरीका अनुसार माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा र लेदोसहितको पानीको छहरो झरेका कारण सडक अवरुद्ध भएको छ भने सोहि सडक खण्डकै पानी मिल, हिउँदे खोला, कालिमाटी, चर्चरे, चौबिस माईल, गौंडेपुल लगायतका क्षेत्रमा पहिरो खसेर सडक बन्द भएका छन् ।
सिद्धबाबा क्षेत्रमा मंगलबार पनि लेदोसहित खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।