पोखरा
गण्डकी प्रदेश सरकारले बजेट सार्वजनिक गरेको दुई साता बढी हुदाँ पनि संसदमा छलफल नचलाएकोमा नेकपा (एमाले) संसदीय दलले आपत्ति जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर एमाले उपमहासचिव तथा एमाले संसदीय दल गण्डकी प्रदेशका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र मन्त्रीहरुको विवादले बजेट माथीको छलफल रोक्न नमिल्ने बताउनुभयो ।
संसदमा बजेट पेस भईसक्दा पनि गठबन्धनका दल बिच बजेट भागबण्डा नमिलेर झगडा गरेर बसेको सरकारले आफ्नो कुकर्मको ढाकछोप गर्न मात्र उद्धत रहेको बताउनुभयो । “सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेटमाथिको छलफल रोक्न मिल्दैन, उहाँले भन्नुभयो, यो सरकार चलाएको हो कुनै गुच्छा खेलेको होईन” । सरकार चलाउन नसकेको भए मुख्यमन्त्रीले तत्काल राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उहाँले बताउनुभयो । “उहाँले सरकार चलाउन सक्नुभएन बजेटमाथिको छलफल नचलाई संसदलाई बन्धक बनाउन पाईदैन, पुर्वमुख्यमन्त्री समेत रहनुभएका गुरुङले भन्नुभयो, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तत्काल राजीनामा दिनुपर्छ”। सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रको झगडाका कारण संसद्मा पेस भइसकेको बजेट रोक्न नमिल्ने उहाँको धारणा थियो ।
एमालेले प्रदेश सरकारले संसदलाई एकलौटी ढंगले कब्जा गर्ने खोजेको भन्दै लोकतन्त्रको उपहास गर्ने काम नगर्न सरकारलाई चेतावनी दिएको छ । प्रदेश सरकाले संसदीय मुल्य र मान्यता बिपरीत काम गरी शासकिय प्रणालीको धज्जी उडाउने काम गरेको एमालेको आरोप छ ।