
एमालेका पूर्वनेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन् ।
गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । असार ११ मा जन्माएको पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक आज सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको हाललाई ६८ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।
गौतमले नेकपा विभाजनपछि चलाएको एकता अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल बनाएका हुन् ।