दक्षता बढाउन तालिम जरुरि छ: जिसस प्रमुख पौडेल

दक्षता बढाउन तालिम जरुरि छ: जिसस प्रमुख पौडेल

  • Kanchan News

  • शनिबार, असार ११, २०७९

  • 84
    SHARES
दक्षता बढाउन तालिम जरुरि छ: जिसस प्रमुख पौडेल

 

पोखरा , ११ असार

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कार्य दक्षता बढाउन तालिम एबम प्रशिक्षण अति आबश्यक भएको बताएका छन् । पौडेलले जुनसुकै कार्यमा पनि ज्ञान अति आबश्यक तत्व भएको भन्दै दक्ष जनशक्ति उत्पादनमा ज्ञानको महत्वपूर्ण भूमिका हुने र सो को लागि समाजका जुनसुकै तह र तप्कामा कार्यरत व्यक्तिहरुलाई आवधिक तालिम प्रशिक्षण संचालन गर्ने नीति लिनु पर्न बताएका छन् ।

प्रमुख पौडेलले सो कुरा पोखरा महानगरपालिका वडा न २२ को आयोजना र पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरण परियोजनाको समन्बयमा संचालित जीबन उपयोगी सिप तथा नेतृत्व बिकास तालिमको समापन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले क्षमता जन्मजात आउने कुरा नभई तालिम अध्ययन र कार्य अनुभवले परिमार्जित र सुगठित हुने हुदा प्राप्त ज्ञानलाइ समय अनुकुल सान्दर्भिक बनाउन तालिम आबश्यक भएकोमा जोड दिए ।कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै पौडेलले प्राप्त ज्ञानलाई ब्यबहारमा उतार्न आग्रह गरे ।

कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारि नवराज बराल ,पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल ,पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरण परियोजनाका कार्यक्रम संयोजक प्रीति पाण्डे, सहभागी छात्रा शिला बराल शिक्षक झलक बराल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सो वडाका करिब ५० जना बालबालिका सहभागी दुइ दिवसीय सो तालिममा प्रेम नारायण पोखरेलले सहजीकरण गरेका थिए । वडा अध्यक्ष हिमलाल बरालको अध्यक्षतामा सम्पन्न कार्याक्रमको संचालन पोखरा उद्योग बाणिज्य संघ बालश्रम न्यूनीकरण परियोजना अन्तर्गत सो तालिमका संयोजक सफल बरालले गरेका थिए।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News