पेट्रोलियम पदार्थको मूल्य घट्याे, पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्य घट्याे, पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ

  • Kanchan News

  • शनिबार, असार ११, २०७९

  • 59
    SHARES
पेट्रोलियम पदार्थको मूल्य घट्याे, पेट्रोलको २० र डिजेलको २९ रुपैयाँ

पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो ।

यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल-मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्णय गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News