
पोखरा
पोखरा स्थित मणिपाल शिक्षण अस्पतालको सेवामा अवरोध भएको छ । मणिपाल प्रशासनले तलब वृद्धि, बिदा कटौती, सुत्केरी बिदा र किरिया बिदासमेत कटौती गरेपछि कर्मचारीहरु आन्दोलित हुदाँ अस्पतालको सेवामा अवरोध सिर्जना भएको हो ।
कर्मचारीहरुले आफ्नो सेवा सुविधा कटौति गरेपछि बिहान साढे ८ बजेदेखि मध्यान्ह १२ बजेसम्मको ओपिडी सेवा बन्द गरेका छन् । उक्त कक्ष बन्द हुदाँ उपचारका लागि दिनहुँ पुग्ने सयौं बिरामी मर्कामा परेका छन् । कर्मचारीको अवरोधपछि टोकनका आधारमा बिरामीको अवस्था हेरेर मात्र अस्पतालले सेवा दिएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा हड्ताल गर्नु राम्रो नभएता पनि काजकिरिया बिदा माग्दासमेत अस्पताल प्रशासनले जागिर छोड्न भनेकाले आन्दोलन गर्न बाध्य भएको मणिपाल कर्मचारी युनियन अध्यक्ष अमृतबाबु पौडेलले बताउनुभयो । यसका साथै कर्मचारीहरुले शिक्षण अस्पतालका सबै शैक्षिक गतिविधि पनि रोकेका छन् ।