समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण- कास्की समन्वय प्रमुख पौडेल

समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण- कास्की समन्वय प्रमुख पौडेल

  • Kanchan News

  • मङ्लबार, असार ७, २०७९

  • 97
    SHARES
समाजलाई सहि दिशा दिन कलाकारको भूमिका महत्वपूर्ण- कास्की समन्वय प्रमुख पौडेल

 

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समाजलाई सहि दिशा प्रदान गर्न कलाकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । उनले हरेक राजनीतिक परिबर्तनमा कलाकार हरुले गीत संगीत र कलाको माध्यमबाट जनचेतना फैलाउन तथा समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनीहरुको बिकासाको लागि राज्यले बिशेस नीति निर्माण गरि अगाडी बढ्नु पर्ने भन्दै सो को लागि राज्यका निर्णायक निकायहरु संग आफु समन्वयमा जुट्ने बताए । पौडेलले सो कुरा विश्व संगीत दिवसको अबशरमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको रक्तदान स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

उनले कलाकारहरु राष्ट्रको गहना मात्रै नभएर अमुल्य सम्पति भएको हुदा कलाकार पलायन हुने क्रम अहिले पनि बिध्यमान रहेको भन्दै सो को निराकरणका लागि उनीहरुको आय आर्जनका पाटाहरुलाई ब्यबस्थित बनाउन प्रभावकारी नीति निर्माणमा जोड दिए ।

सो अबशरमा पौडेलले अग्रज कलाकार सम्मर बहादुर गायक ,लोकदोहोरी गीत प्रतिष्ठानका निबर्तमान केन्द्रीय उप महासचिब चोलेन्द्र पौडेल, ७९ औ पटक रक्तदान गर्ने व्यक्ति लक्ष्मण गुरुङ लगाएतलाई सम्मान गरेका थिए ।

कार्यक्रममा गण्डकीका प्राज्ञ सभा सदस्य शंकर बिरही गुरुङ ,गायक तारापती सुबेदी, तमुधि नेपालका अध्यक्ष होम गुरुङ , लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका सह अध्यक्ष राजेन्द्र सापकोटा लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ युनिट रगत संकलन गरिएको थियो भने कार्यक्रम संचालन सचिब राजन कार्कीले गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News