विधि र कानुनकै बर्खिलाप

गण्डकी प्रदेशः मन्त्रीपरिषद् बाट बजेट पास एउटा, प्रदेश सभामा पेश अर्कै,प्रदेश सभा अनिश्चित

गण्डकी प्रदेशः मन्त्रीपरिषद् बाट बजेट पास एउटा, प्रदेश सभामा पेश अर्कै,प्रदेश सभा अनिश्चित

  • Kanchan News

  • आइतवार, असार ५, २०७९

  • 87
    SHARES
गण्डकी प्रदेशः मन्त्रीपरिषद् बाट बजेट पास एउटा, प्रदेश सभामा पेश अर्कै,प्रदेश सभा अनिश्चित

पोखरा
बजेट प्रति सत्तापक्षकै सांसद असन्तुष्ट बनेपछि गण्डकी प्रदेश सभा बैठक अनिश्चित बनेको छ । गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएको आर्थिक वर्ष २०७९∕८० को बजेटमाथि सत्तारुढदलकै सांसदहरु असन्तुष्टी देखिएपछि आज आईतबार बोलाइएको बैठक अर्को सुचना जारी नभएसम्मको लागि स्थिगित गरिएको छ ।
असार १ गते अर्थमन्त्री रामजी बरालले पेश गरेको बजेट मन्त्रिपरिषदबाट पारित भएको भन्दा बेग्लै बजेट प्रदेश सभामा बाचन गरेपछि मुख्यमन्त्री सहित अन्य मन्त्रीहरु समेत असन्तुष्टी छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थमन्त्री बराललाई मन्त्रीपरिषदमा पारित भएको भन्दा बेग्लै बजेट एक्लौटी राखेर प्रदेश सभामा पेस गरेको भन्दै स्पष्टिकरण समेत सोध्नुभएको थियो ।

असार १ गते सार्वजनिक भएको गण्डकी प्रदेशको बजेटमा अर्थमन्त्री बरालले सांसदले बाढ्न पाउने प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम हटाएको जनाकारी गाराउनुभएको थियो तर मन्त्रिपरिषदले भने उक्त कार्यक्रमलाई निरन्तरता दिने गरी पास गरेको थियो । प्रत्येक निर्वाचन क्षेत्रका सांसदहरुका लागि भनेर २–२ करोड रुपैयाँका योजनामा खर्च गर्न पाउने गरी बजेटको व्यवस्था गर्ने पुरानै कार्यक्रमलाई मन्त्रिपरिषदले पारित गरेता पनि अर्थमन्त्रीले बजेट आफु अनुकुल बनाएर एक्लौटी गरेको बताईएको छ । अर्थमन्त्रीले अरु थुप्रै आफ्ना मात्रै योजनाहरुमा र अर्थमन्त्रालयमा बजेट धेरै राखेको आरोप छ । मन्त्रिपरिषदले एउटा बजेट पारित गर्ने र प्रदेश सभामा अर्थमन्त्रीले आफूले खल्तीमा ल्याएको अर्काे बजेट बाचन गर्नु सरकार र जनता प्रति बेइमानी गरेको सत्ता पक्षका सांसद तथा मन्त्रीहरुको भनाई छ । सत्ता पक्षका सांसदले अर्थमन्त्रीको कार्यप्रति तीब्र आक्रोश व्यक्त गरेपछि प्रदेश सभामा आइतबारका लागि भनिएको बजेटमाथिको छलफलै रोकिएको छ ।

अर्थमन्त्री रामजी बरालले असार १ गते ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो । त्यसमा आफूखुसी खर्च गर्न पाउने गरी अर्थ मन्त्रालयमा अर्थ विविध भनेर ३ अर्ब राखिएको अरु मन्त्रीहरुको आरोप छ । तर कतिपय मन्त्रालयलाई भने २० करोड रुपैयाँ पनि बजेट दिइएको छैन । यो बिषय छलफल गर्न नेपाली काङग्रेस र नेकपा माओवादी केन्द्रको संसदिय दलको बैठक बोलाईएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News