गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट ३५ अर्व ९० करोड ९० लाख (पूर्णपाठ)

गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट ३५ अर्व ९० करोड ९० लाख (पूर्णपाठ)

  • Kanchan News

  • बुधबार, असार १, २०७९

  • 89
    SHARES
गण्डकी प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट ३५ अर्व ९० करोड ९० लाख (पूर्णपाठ)

पोखरा
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को लागि ३५ अर्व ९० करोड ९० लाख बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभामा आगामी आर्थीक बर्षको बजेट प्रस्तुत गर्नुभएको हो । यो अघिल्लो वर्षको भन्दा करिब ६ अर्बले बढी बजेट हो । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेटको चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख रकम छुट्यार्एएको छ ।
वित्तिय व्यवस्था तर्फ ५० करोड विनियोजन भएको छ भने यसमा स्थानीय सरकार तहलाई २ अर्ब ११ करोड १० लाख छुट्याइएको छ । सरकारले आन्तरिक राजस्व बाट ५ अर्ब ९ करोड उठाउने लक्ष्य लिएको छ । संघ सरकारले वित्तिय समानीकरणबाट ७ अर्ब ९२ करोड ७९ लाख अनुदान, राजस्व बाँडफाँट ९ अर्ब २३ करोड, ससर्त ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक अनुदान ८३ करोड ७० लाख र विशेष अनुदान ८६ करोड समावेश गरेको अर्थ मन्त्री बरालले बताउनुभयो । रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ भने आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब आन्तरिक ऋण र १ अर्ब केन्द्र सरकारबाट ऋण लिने मन्त्री बरालले बताउनुभयो । चालु आर्थिक वर्षमा २ अर्ब ७१ करोड नगद मौज्दात बाँकी रहने र अपुग २ अर्ब ऋण लिइने उहाँको भनाई छ ।
सरकारले कृषि,सामाजिक सुरक्षा र स्वास्थ्यलाई जोड दिइ बजेट ल्याएको छ । क्रमागत योजना प्रतिको दायित्व र केही नयाँ योजनाहरुलाई पनि बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले पूर्वाधार निर्माण, पर्यटन, कृषि लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर बजेट ल्याएको छ । यस बर्ष एक प्रदेश निर्वाचन क्षेत्र एक कृषि सडक योजना अगाडी सारिएको छ ।
चुनावी बजेट भएकाले सरकारले सत्ताधारी सांसदलाई प्रति सांसद ५ करोड र विपक्षी एमालेका प्रति सांसदलाई एक करोड बजेट छुट्याएको छ । यो बर्ष निर्वाचन क्षेत्र पूर्वाधार बिशेष कार्यक्रमलाई पनि निरन्तरता दिईएको छ । यो बार्ष गण्डकी सरकारले संघबाट सात प्रदेशमध्ये सबैभन्दा कम अनुदान पाएको छ ।
बजेटको पुर्ण पाठ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News