नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने एसपीपी सम्झौता स्वीकार्य छैनः एमाले

नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने एसपीपी सम्झौता स्वीकार्य छैनः एमाले

  • Kanchan News

  • बुधबार, असार १, २०७९

  • 76
    SHARES
नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने एसपीपी सम्झौता स्वीकार्य छैनः एमाले

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने नगर्न चेतावनी दिएको छ । एमालेले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्‍मा जवाफ दिन माग गरेका छन् । एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उनको भनाइ थियो ।नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उनले बताए । नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको आरोप लगाए । उनले प्रश्न गरे, ‘कसको कमान्ड, ब्यानरमा नेपाली सेनालाई अगाडि लिन खोजिँदैछ ? नेपालको एउटा छिमेकीको ढोकैनेर गएर सैनिक गतिविधि गर्न दिने ?’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पनि एसपीपी सम्झौताबारे कुरा आएको तर उक्त सम्झौताका समग्र पक्षबारे अध्ययन गरेर मात्रै जवाफ दिने भनेर ‘होल्ड’मा राखिएको ज्ञवालीले बताए । त्यतिबेला उनी परराष्ट्रमन्त्री थिए । त्यसको प्रभाव, त्यसले परराष्ट्र सम्बन्धमा पार्ने प्रभावलगायतका विषयलाई लिएर अध्ययन नगरेसम्म केही जवाफ नदिने भनेर स्थगित गरिएको उनले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News