मन्त्रालयको सिलिङ घटाएर सत्ता पक्षीय सांसदलाई प्रतिसांसद ५ करोड बाड्दै प्रदेश सरकार

मन्त्रालयको सिलिङ घटाएर सत्ता पक्षीय सांसदलाई प्रतिसांसद ५ करोड बाड्दै प्रदेश सरकार

  • Kanchan News

  • आइतवार, जेष्ठ २९, २०७९

  • 113
    SHARES
मन्त्रालयको सिलिङ घटाएर सत्ता पक्षीय सांसदलाई प्रतिसांसद ५ करोड बाड्दै प्रदेश सरकार

पोखरा
गण्डकी प्रदेश सरकारले गठबन्धनका सांसदलाई ५ करोड रुपैयाँ दिने गरि आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट ल्याउन लागेको छ । सरकारको अन्तिम कार्यकाल हुदै गर्दा सत्ता पक्षका सांसदलाई प्रतिसांसद ५ करोड रुपैयाँ दिने गरि प्रदेश सरकारले बजेट ल्याउन लागेको हो । सत्ता गठबन्धनका ३१ जना सांसदलाई करोडौँका योजनामा रकम वितरण गर्न पाउने गरि सरकारले बजेट ल्याउन लागेको खुलेको हो । प्रति सांसद ५ करोड रुपैयाँका दरले रकम वितरण गर्दा सांसदलाई मात्रै १ अर्ब ५५ करोड रकम खर्च हुन आउँछ । प्रदेश सरकारले यस अघि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत वर्षेनी ७२ करोड रुपैयाँ सांसदहरुको लागि छुट्याउँदै आएको छ । यस बार्ष यो कार्यक्रमलाई पनि निरन्तरा दिने तयारी छ । यी दुवै लाई जोड्दा सांसदले नै खर्च गर्न पाउने बजेट २ अर्ब ५७ करोड रुपैयाँ हुन आउँछ ।
आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटमार्फत सत्ता पक्षका सांसदहरुलाई खुसी पार्न प्रदेश सरकारले उक्त रकम दिन लागेको हो । ६ महिना भित्र संसदीय निर्वाचन हुँदै गर्दा निर्वाचनमुखी बजेट प्रदेश सरकारले ल्याउदै छ ।
यसै बिच प्रदेश सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत खुसी पार्न ३० करोड बराबरको रकम एमाले सांसदलाई दिने तयारी गरेको खुलेको छ । यस बारे भने एमालका सांसदहरुले आफुहरुलाई जानकारी नभएको बताउछन् । एमाले नेता एवम् पुर्व मन्त्री विकास लम्सालले यसबारेमा आफूहरुलाई केही पनि जानकारी नभएको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले यो बर्ष ३३ देखि ३७ अर्बसम्मको बजेट ल्याउने तयारी गरेको छ । सांसदलाई रकम वितरण गर्नुपर्ने भएपछि मन्त्रालयको सिलिङ घटाएर पठाईएको छ । मन्त्रालयमा बजेटको सिलिङ निकै कम गएपछि उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले असन्तुष्टी जाहेर गर्नुभएको छ । उहाँले सरकारको नीति तथा कार्यक्रम नै बहिष्कार गर्नुभएको थियो । बजेटको आकार बढ्दा मन्त्रालयको सिलिङ झनै घटाइएको भन्दै प्रदेश सरकारका अन्यमन्त्रीहरु समेत मुख्यमन्त्री र अर्थमन्त्रीसँग रुष्ट बनेकाछन् । गण्डकी प्रदेश सरकारले असार १ गते बजेट ल्याउदै छ भने सोमबार निति तथा कार्यक्रम प्रदेश सभा बाट पास गर्ने तयारी गरेको छ । उक्त बैठकमा असन्तुष्ट सत्ता गठबन्धनका सांसद तथा मन्त्रीहरु अनुपस्थित भएको खण्डमा नीति तथा कार्यक्रम असफल हुनेछ ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News