गण्डकी प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम आगामी वर्ष चुनावमा जानुपर्ने हुनाले सरकारले सबैलाई छुने नीति तथा कार्यक्रम ल्याएको तर त्यो गर्न नसक्ने हुँदा निबन्धजस्तो रहेको एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले टिप्पणी छन् ।
गण्डकी सरकारका संस्थापक मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले । नीति तथा कार्यक्रम ‘निबन्ध जस्तो रहेको टिप्पणी गरे । भन्न सकिने सबै कुरा भनेको छ, गर्न सकिने खालको छैन । उही बोतल, नयाँ रक्सी भनेजस्तो हो । सरकारले कार्यान्वयन गर्न सक्दैन । हाम्रो बजेट कति छ, बजेट बढ्ने छैन यसपटक, घटेर आउँछ होला । भोलि आर्थिक ऐन, राजस्व के आउँछ, अनि कार्यान्वयनमा कसरी जान्छ भन्ने कुरा हुन्छ ।
अनि चुनावी कार्यक्रम आएको छ । गर्न सकिने खालको छैन ।
प्रतिपक्षमा रहेर सरकारलाई समर्थन गर्दै आएको जनमोर्चा संसदीय दलकी नेतृ पियारी थापाले नीति तथा कार्यक्रममा दुइवटा चुनौती रहेको बताईन । एउटा भनेको अर्थतन्त्र हो । यसलाई कार्यान्वयन गर्न आवश्यक अर्थ जोहो गर्ने चुनौती छ ।
अर्कोकुरा प्रशासनिक संयन्त्र जुन छ, त्यसलाई चलाउने च्यालेन्ज छ । कतिपय कुरा दोहोरिएका छन भने कतिपय कुरा त सुरुदेखि नै राखिएका नीति तथा कार्यक्रमको निरन्तरता छ ।
समग्रमा त ठिकै छ, तर, गण्डकीका जनताले जुन अपेक्षा गरेका हुन, विकास र समृद्धिको लागि छरपस्ट छोएको छ तर ठोसरुपमा आएको छैन । कार्यान्वयन गर्न सकिँदैन ।
चुनावी सरकार पनि होे, त्यसकारण यस्तै छरपस्ट आएहोला ।