गण्डकी प्रदेशको निति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

गण्डकी प्रदेशको निति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

  • Kanchan News

  • मङ्लबार, जेष्ठ २४, २०७९

  • 95
    SHARES
गण्डकी प्रदेशको निति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

पोखरा
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार अर्थात आज दिउँसो ३ बजे प्रदेशसभा बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यो प्रदेश सरकारको पाँचौं नीति तथा कार्यक्रम हो । यस अघिको नेकपा एमाले नेतृत्वको सरकारले चार ओटा निति तथा कार्यक्रम ल्याएको थियो ।संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल भएकाले वर्तमान सरकारको यो निति तथा कार्यक्रम पहिलो र अन्तिम हो । पाँच बर्षमा गण्डकी प्रदेश सरकारले दुई जना मुख्यमन्त्री पायो ।


नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले जानकारी दिनुभयो । त्यस्तै उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ भने निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि नीति, कार्यक्रममा प्राथमिकता दिइएको छ । केही पुराना कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा आगामी वर्ष ‘प्रदेश सरकारसँग बा-आमा कार्यक्रम’ सञ्चालन हुने उल्लेख छ
प्रदेश सरकारले आगमी बजेटमा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको छ । निर्माणाधीन अवस्थाका विका योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको छ ।

गण्डकी-प्रदेश-आब-२०७९।८०-को-नीति-तथा-कार्यक्रम-

 

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News