होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा सन्त चौधरी,महासचिवमा माधव लम्साल

होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा सन्त चौधरी,महासचिवमा माधव लम्साल

  • Kanchan News

  • शनिबार, जेष्ठ २१, २०७९

  • 168
    SHARES
होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा सन्त चौधरी,महासचिवमा माधव लम्साल

 

होटल प्रतिनिधि समाज पोखराको अध्यक्षमा सन्त कुमार चौधरी सर्वसम्मत चयन हुनुभएको छ । शनिवार पोखरामा भएको १२ औँ अधिवेशनले चौधरीको अध्यक्षतामा १५ सदस्य समिति सर्वसम्मत चयन गरेको हो । होटल प्रतिनिधि समाज पोखराको वरिष्ठ उपाध्यक्षमा सन्तोष काफ्ले, प्रथम उपाध्यक्षमा हरिलाल शर्मा, द्धितिय उपाध्यक्षमा जिवराज उपाध्याय चयन हुनुभएको छ । महासचिवमा माधव लम्साल,सचिवमा सन्तोष देवकोटा र कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा केशव नेपाल,शम्वु प्रसाद पौडेल,खेमानन्द अर्याल, शिव प्रसाद अधिकारी, निरज अधिकारी, प्रविन विक र विकास दहाल रहनुभएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News