म्याग्दीमा प्रतिलिटर दूधको मूल्य १ सय ३२ रुपैयाँ

म्याग्दीमा प्रतिलिटर दूधको मूल्य १ सय ३२ रुपैयाँ

  • Kanchan News

  • शनिबार, जेष्ठ २१, २०७९

  • 167
    SHARES
म्याग्दीमा प्रतिलिटर दूधको मूल्य १ सय ३२ रुपैयाँ

म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मूल्य बढाइएको छ।

दुई वर्ष यता दूधको मूल्य समायोजन नहुँदा कृषक मारमा परेको गुनासो आइरहेका बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुशी भएका हुन्। मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर १ सय १० रुपैयाँ र ब्यापारीले अधिकतम १ सय ३२ रुपैयाँसम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दूधको मूल्य प्रतिलिटर ९० रुपैयाँ र डेरीले उपभोक्तालाई प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री वितरण गर्ने गरेका थिए । त्यस्तै गाईको मात्र दूधलाई भने प्रतिलिटर ८० रुपैयाँ कायम गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kanchan News