कास्की जिल्ला समन्वय समितिको निर्वाचन जेठ २० गते हुने

कास्की जिल्ला समन्वय समितिको निर्वाचन जेठ २० गते हुने

  • Kanchan News

  • बिहिबार, जेष्ठ १९, २०७९

  • 95
    SHARES
कास्की जिल्ला समन्वय समितिको निर्वाचन जेठ २० गते हुने

पोखरा
कास्की जिल्ला समन्वय समितिको सभापति र उपसभापति चयनका लागि जेठ २० गते निर्वाचन हुने भएको छ । जिल्ला समन्वय समितिमा १ जना प्रमुख, १ जना उपप्रमुख, कम्तिमा ३ जना महिला र कम्तिमा १ जना दलित वा अल्पसंख्यक गरि बढीमा ९ जना सदस्य चुनिन सक्ने व्यवस्था संवैधानिक व्यवस्था बमोजिम कास्की जिल्ला समन्वय समितिको नेतृत्वको लागि निर्वाचन हुन लागेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन तालिका अनुसार जेठ १९ गते बिहान १० बजेदेखि १०ः३० बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने तथा मतदाता नामावली सच्याउने छुट नामावली समावेश गर्न दरखास्त दिने र संशोधित नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
सोहि दिन १०ः३० बजेदेखि पूर्वाह्न ११ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने, ११ः३० बजे मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गरिने उल्लेख छ ।
जेठ २० गते बिहान ९ बजेदेखि १०ः३० बजेसम्म उम्मेदवारको मनोनयन पत्रको दर्ता गर्ने र मनोनयन दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गर्ने समय तोकिएको छ । १०ः३० बजेदेखि पूर्वाह्न ११ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ११ बजेदेखि ११ः३० बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गरिने त्यस्तै ११.३० बजेदेखि मध्यान्न १२ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने १२.३० बजे उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन तालिका अनुसार मतदान दिउँसो १ बजेदेखि २ बजेसम्म हुनेछ ।
जिससमा प्रतिनिधि चुन्ने निर्वाचनमा पालिकाका प्रमुख उपप्रमुख मतदाता हुन्छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News