तारा एयर दुर्घटनाः यसरी गरिएको थियो उद्धार

तारा एयर दुर्घटनाः यसरी गरिएको थियो उद्धार

  • Kanchan News

  • मङ्लबार, जेष्ठ १७, २०७९

  • 236
    SHARES
तारा एयर दुर्घटनाः यसरी गरिएको थियो उद्धार

मुस्ताङको थासाङ सानोसरे भन्ने स्थानमा तारा एयरको विमान दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाएका २२ जनाकै शव फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपाली सेना तथा नेपाल प्रहरीले तीन दिन लगाएर घटनास्थलमा खोज तथा उद्धार गरेका हुन् ।

मुस्ताङस्थित सशस्त्र प्ररी बलका ३३ नम्बर गुल्मका सशस्त्र प्रहरी तीन दिनसम्म घटनास्थलमा खटिएका थिए ।

दिनमा लगातार १६ घन्टासम्म खटिएर उनीहरुले खोज तथा उद्धार गरेका छन् । १० शव सोमबार ल्याइएकोमा थप १२ शव मंगलबार सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

विमान भिरमा दुर्घटनाग्रस्त भएकाले निकै मेहनत गरेर उद्धार गरिएको सशस्त्र प्रहरीको ३३ नम्बर गुल्मका एक अधिकारीले बताए ।प्रतिकुल मौसम र कठिन भुगोलका कारण उद्धारमा निकै कठिनाई भएको थियो ।

३ जना चालक दलका सदस्य र १९ जना यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी विमान हराएको १९ घण्टापछि सोमबार बिहान थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News