सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

  • Kanchan News

  • आइतवार, जेष्ठ १५, २०७९

  • 77
    SHARES
सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको पुष्टि

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

नेपाली सेनाको मध्यकमाण्ड हेडक्वार्टर विजयपुरका प्रमुख सेनानी प्रेम पौडेलका अनुसार मानापाथी हिमालको फेदीमा विमान रहेको पुष्टि भएको छ ।

स्थानीय वासिन्दाले त्यस क्षेत्रमा विमान दुर्घटना भएको जानकारी गराएपछि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको पनि उनले बताए ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News