फुटवयर एशोसिएशनले भन्यो बाह्रैमास जुत्ता मेला हुँदा औद्योगिक प्रदर्शनीमा आँच’ आयो

फुटवयर एशोसिएशनले भन्यो बाह्रैमास जुत्ता मेला हुँदा औद्योगिक प्रदर्शनीमा आँच’ आयो

  • Kanchan News

  • शनिबार, जेष्ठ १४, २०७९

  • 82
    SHARES
फुटवयर एशोसिएशनले भन्यो बाह्रैमास जुत्ता मेला हुँदा औद्योगिक प्रदर्शनीमा आँच’ आयो

 

नेपालका जुत्ताचप्पल व्यवसायीहरूको छाता सङ्गठन फुटवयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले भृकुटीमण्डपमा सधैँभर मेलाका रूपमा जुत्ताचप्पल बिक्री वितरण हुँदा औद्योगिक प्रदर्शनीमा आँच आएको बताएको छ ।

एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले आज एक विज्ञप्ति जारी गरी जुत्ता मेलाका नाममा बाह्रैमास जुत्ताचप्पल बिक्री वितरण गर्दा औद्योगिक प्रदर्शनीमा आँच आएको बताउनुभएको हो ।

“स्वदेशी जुत्ता प्रदर्शनीका नाममा भृकुटीमण्डपमा केही व्यवसायीले बाह्रैमास जुत्ता मेलाको नाममा व्यवसाय गरिरहेका छन्, यसले औद्योगिक प्रदर्शनमा समेत ठूलो असर पुगेको छ”, अध्यक्ष घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

फुटवयर एशोसिएशनले सबै व्यवसायीलाई समेटेर वर्षको दुईपटक काठमाडौँमा जुत्ताचप्पल मेला र एकपटक अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शन गर्दै आए पनि एशोसिएशनको नाम जोडेर सधैँभर भृकुटीमण्डपमा जुत्ता मेला आयोजना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एशोसिएशनले स्वदेशी उत्पादनको प्रवद्र्घन गर्न आम उपभोक्ताका बीचमा आफ्ना उत्पादन परिचित गराउने, उपभोक्ताको सुभmाव र प्रतिक्रिया प्राप्त गर्दै आफ्ना उत्पादनलाई अझ परिस्कृत गर्दै लैजान स्वदेशी उत्पादनको प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना गर्दै आए पनि केही व्यवसायीले यसलाई दुरुपयोग गरेको बताएको छ । यस्ता मेलामा एशोसिएशनको कुनै सहभागिता नरहेको समेत अध्यक्ष घिमिरेले बताउनुभयो ।

एशोसिसशनले आफ्ना सदस्यबाट नै सहमतिविपरीत यस्ता गलत कार्य गरेको भन्दै कारबाही गर्नेसमेत बताएको छ । एशोसिएशनले आफ्नो संस्थाको आधिकारिक व्यवस्थामा सञ्चालन हुने मेला महोत्सवबाहेक अन्य मेलामा बिक्री वितरणलाई एउटै नजरले नहेर्न र भ्रममा नपर्न सबै उपभोक्तालाई अपिलसमेत गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News