
पोखरा महानगरका मेयर धनराज आचार्यलाइ निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेका छ ।
आचार्यले निर्वाचन आयोगका बिरुद्ध विवादास्पद अभिव्यक्ति दिएपछि आयोगले मेयर आर्चायलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आयोग र यसका प्रमुख पदाधिकारीको विरुद्धमा आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई स्थानीय तह निर्वाचन, २०७९ को निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाउनु पर्नाको कारण खुलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
उनलाई आयोग र आयोगका प्रमुख पदाधिकारीको सन्दर्भमा बोलेको विषय तथा श्रव्यदृश्य सामाग्रीहरु के कति कारणले अभिव्यक्त गरेको हो ? निर्वाचन आयोगबाट मतपत्र कसरी डिजाइन हुन्छ र मतपत्रका कुन चिन्ह कसरी राखिन्छ भन्ने जानकारी छ, छैन भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।