पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नवनिर्वाचित मेयर आचार्यको प्रस्ताव

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नवनिर्वाचित मेयर आचार्यको प्रस्ताव

  • Kanchan News

  • शुक्रबार, जेष्ठ १३, २०७९

  • 51
    SHARES
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नवनिर्वाचित मेयर आचार्यको प्रस्ताव

पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारसँग प्रस्ताव गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित नगर प्रमुख धनराज आचार्यले पदभार ग्रहण गर्दै पोखरालाई पर्यटकीय राजधानी घोषणाको लागि केन्द्र सरकारलाई प्रस्ताव सिफारिस गर्ने पहिलो निर्णय गर्नु भएको हो । पोखराको सम्पूर्ण पहिचान झल्कने गरी स्मारक निर्माणको लागि प्रस्ताव आह्वान गर्ने दोस्रो निर्णय भएको छ ।

देशव्यापी रुपमा प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावलाई पुरस्कृत गरिने प्रमुख आचार्यले बताउनुभयो । व्यक्तिगत घटना दर्तालाई सहज र सर्वसुलभ बनाइ समय भित्र घटना दर्ता गर्ने प्रोत्साहन गर्ने र विपन्न नागरिकहरूलाई वडा कार्यालयको सिफारिसमा महानगरपालिकाले तोके बमोजिमको पोषण भत्ता उपलब्ध गराउने बताउनु भयो ।

आज पोखरा सभागृहमा शपथ ग्रहण गरेपछि आचार्य कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी सडकको डिभाइडरमा वृक्षारोपण गरी पोखरा महानगर कार्यालयमा पदभार ग्रहण गर्न पुग्नुभएको थियो । उहाँले पदभार ग्रहण गर्दा २ः४५ बजेको थियो ।

पोखरा महानगरमा प्रमुख आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङलाई प्रमुख प्रशासकीय अधिकृत बलराम रिजाल लगायत कर्मचारीले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पनि पदभार ग्रहण गर्नुभएको छ । अपाङ्गता भएका व्यक्ति, बालबालिकालाई शिक्षामा पहुँच स्थापित गर्न कार्यक्रम सञ्चालन गर्ने निर्णय र महिला हिंसा विरुद्धको पुरुगा ऐक्यबद्धता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News