रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्ष बाट राजीनामा

रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्ष बाट राजीनामा

  • Kanchan News

  • बुधबार, जेष्ठ ११, २०७९

  • 77
    SHARES
रवीन्द्र मिश्रले दिए विवेकशील साझा पार्टीको अध्यक्ष बाट राजीनामा

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

गत ५ वर्षदेखि आफूले  तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास  गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News