पोखरामा मतगणना रोकियो

पोखरामा मतगणना रोकियो

  • Kanchan News

  • मङ्लबार, जेष्ठ १०, २०७९

  • 79
    SHARES
पोखरामा मतगणना रोकियो

पोखरा
पोखरा महानगरको मतगणना रोकिएको छ । पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ ओटा कम भएपछि नेकपा एमालेले महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गर्दै मतगणना स्थल बाट बाहिरिएपछि मतगणना रोकिएको हो । उक्त वडामा ४ हजार ३४८ मत खसेकोमा ४ हजार ३३९ मतगणना भएको थियो । त्यसमा ९ मत हराएपछि पुनः मतगणनाको माग एमालेले गरेको छ । ९ मत कता हरायो भन्ने एकिन भएको छैन् । उक्त वडामा एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग ३ मतले पराजित हुनुभएको छ ।
नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News