पर्वतको फलेवासमा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवारको जित

पर्वतको फलेवासमा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवारको जित

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 71
    SHARES
पर्वतको फलेवासमा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धनका उम्मेदवारको जित

पर्वतको फलेवास नगरपालिकामा पनि नेपाली काँग्रेसका गंगाधर तिवारी  नगरप्रमुखमा विजयी बनेका छन् ।]

गठबन्धन दलबाट उठेका तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई पराजित गरेका हुन् ।

निर्वाचित तिवारीले ७ हजार ७ सय मत ल्याउँदा संस्थापक नगरप्रमुख समेत रहेका शर्माले चाहिँ ६ हजार ३ सय ३८ मत ल्याएका छन् ।

२०७४ को स्थानीय चुनावमा पनि तिवारी र शर्माबिच प्रतिस्पर्धा रहेको थियो । त्यो बेला भने एमालेका शर्मा नगर प्रमुख बन्न सफल भएका थिए ।

त्यसतै उपप्रमुखमा पनि गठबन्धन दलबाट उठेकी माओवादी नेतृ शोभा क्षेत्री विजयी बनेकी छिन् । उनले आफ्नी प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु अधिकारीलाई हराएकी हुन् ।

अधिकारी फलेवास नगरपालिकाकी संस्थापक उपमेयर हुन् । निर्वाचित क्षेत्रीले ६ हजार ३ सय २७ मत ल्याइन् भने अधिकारीले ६ हजार ५७ मत ल्याएकी छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News