
जिल्लाको पैयू गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका उमेदवार तोरण मल्ल विजयी भएका छन भने उपाध्यक्ष एमालेकी यामकुमारी राना विजयी भएकी छिन् ।
गठबन्धनको तर्फबाट उठेका मल्लले एमालेका अध्यक्ष पदका उमेदवार महेन्द्र श्रेष्ठलाई हराउँदै अध्यक्ष पदमा विजयी भएका हु्न् । यसैगरी उपाध्यक्ष पदमा भने कांग्रेसकी जानुका प्रधानलाई हराउँदै एमालेकी यामकुमारी राना विजयी भएकी हुन् ।
उक्त गाउँपालिकामा भने एमालेले बहुमत बडाहरुमा जित निकालेको छ । वडा न २, ३, ४, ५ र ६ एमालेले जितेको छ भने वडा न १ र ७ मात्र कांग्रेसले जितेको छ । माओवादीको भने वडाहरु निल भएको छ ।