तनहुँको व्यासका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिदै

तनहुँको व्यासका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिदै

  • Kanchan News

  • शुक्रबार, बैशाख ३०, २०७९

  • 75
    SHARES
तनहुँको व्यासका मेयर उम्मेदवार जोशीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिदै

तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।

ब्यास नगरपालिका(८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ । कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News