टीआईले भन्यो आसन्न निर्वाचनमा धम्की र लोभलालचमा कोही पनि नपरौँ

टीआईले भन्यो आसन्न निर्वाचनमा धम्की र लोभलालचमा कोही पनि नपरौँ

  • Kanchan News

  • आइतवार, बैशाख २५, २०७९

  • 71
    SHARES
टीआईले भन्यो आसन्न निर्वाचनमा धम्की र लोभलालचमा कोही पनि नपरौँ

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले चुनाव प्रचार-प्रसार तथा भोट माग्न आमसभामा  राजनीतिक दलका केही नेतृत्व वर्ग र उम्मेदवारले धम्कीपूर्ण शैलीमा मतदातालाई तर्साउने, थर्काउने, लोभलालच र दबाबमा पार्ने कोशिस गरेका भन्दै आपत्ति जनाएको छ।

मतदाताले कुनै डर, लोभ वा गलत सूचनाबाट प्रभावित नभई स्वतन्त्ररुपमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनुपर्ने टिआई नेपालले जनाएको छ। अध्यक्ष पद्मिनी प्रधानाङ्गले विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘आसन्न निर्वाचन शान्त र भय–त्रासमुक्त वातावरणमा सम्पन्न हुन जरुरी छ भन्ने सर्वमान्य सिद्धान्तमा विश्वास गर्दछ। मतदाताले कुनै डर, लोभ वा गलत सूचनाबाट प्रभावित नभई स्वतन्त्ररुपमा आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउनुपर्छ। जिम्मेवार व्यक्तिहरूबाट निर्वाचनको प्रत्येक चरणमा सही र निष्पक्ष सूचना नागरिकसमक्ष प्रवाह गरिनुपर्छ।’

निर्वाचनको माध्यमबाट लोकतन्त्र सुदृढ गर्नका साथै राजनीतिक व्यवस्था र दलहरूप्रतिको आस्था कायम राख्न प्रत्येक मतदाताले स्वतन्त्ररुपमा आफ्नो स्थानीय सरकार प्रतिनिधि चुन्न पाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

आफूलाई उपयुक्त लाग्ने, सक्षम र योग्य व्यक्तिलाई मात्र आफ्नो अमूल्य भोट दिई आफू र आफ्नो क्षेत्रको विकास सुनिश्चित गर्न टिआइ नेपालले सम्पूर्ण मतदातालाई जोडदार आग्रह गरेको छ। उसले उम्मेदवारलाई हदैसम्म निच देखाउन तुच्छता प्रदर्शन गर्ने गरेका घटनाहरूप्रति यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News