एमाले विहादी गाउँपालिकाले आफ्ना उम्मेदवारले चुनाव जिते पाँच बर्षमा पूर्वाधार क्षेत्रमा निकै लोकप्रिय योजना आगाडी सारेको छ । यस्तो छ एमाले विहादीले आफ्ना उम्मेदवारले जिते गर्ने सडक,यातायात तथा पूर्वाधारका क्षेत्रमा गर्ने काम
- गाउँपालिकाका मुख्य सडकहरु बहुचर्चीत उत्तर(चिन) दक्षिण (भारत) जोड्ने कालिगण्डकी करिडोरलाई समयमै कालोपत्रे गर्न पहल गरिनेछ भने वलिङ –हुवास–विहादी सडक अन्तर्गत हुवास–वहाकी भञ्जयाङ सडक पक्कि भएको र बाकीँ वहाकीभञ्ज्याङ–पोखरीचौर–खहरेखोला सडक खण्डलाई समयमै कालोपत्रे गर्ने काम सम्पन्न गरिनेछ ।
- गाउँपालिकाको मुख्य सडक बाट प्रत्येक वडा वडामा पुग्ने सडकलाई कालोपत्रे गर्ने कामको थालनी गरिनेछ ।
- रानीपानी पोखरीचौर देखी ईमीचौर सडक, वहाकी लिङसिङ देखी आपालय हुदै कालिगण्डकी लोकमार्ग पुग्ने सडक, सेतीवेणी–छचन्ने हुदै चर्काक सडक, खोरपोखरा–उरामपोखरा–गेप्ताङ हुदै महाशिला जोड्ने सडक, तल्लो बाच्छा देखि उपल्लो बाच्छा तथा देउराली जाने सडक, वहाकीभञ्ज्याङ–माझगाउँ हुदै सेतीवेणी जाने सडक लगाएत वस्ती वस्तीका सडकलाई पक्कि बनाउन पहल गरिनेछ ।
- राष्ट्रिय गौरवको आयोजना पर्यटन सडकको रुपमा पोखरा—भदौरे—लुंखु हुदै सेतीवेणी सडकको कालोपत्र गर्ने कामलाई ढिला सुस्ती हुन नदिन समयमै पहल तथा निगरानी गरिनेछ ।
- प्रत्यक वडाका वस्ती वस्ती तथा घर घरमा बाह्रै महिना गाडी गुढ्ने गरि सडकको व्यवस्थापन गरिने छ ।
- बाच्छाखोलामा मोटरेवल पुल निर्माणको काम यथाशाक्य छिटो अगाडी बढाईनेछ ।
- ‘क’ वर्गमा रहेका ग्रामीण सडकहरु र विहादीचक्रपथ सात मिटर चौडा गरी वाह्रै महिना सवारी साधन चल्ने गरीसुधार विस्तार तथा सडक गुरुयोजना तयार भएका सडकहरु स्तरउन्नती ग्राभेल र पिच गर्ने नीति अवलम्वन गरिनेछ ।
- विहादी गा.पा. भित्र निर्माण हुने सवै भवन र घरहरु नक्सा पास गरी भू–कम्प प्रतिरोधात्मक बनाउन पर्ने नीति लिईनेछ ।
- यस विहादी गाउँपालिकाका प्रधानमंत्री रोजगार कार्यक्रममा काम गर्ने व्याक्तिहरुलाई ऐन र कार्यविधि वमोजिम वडागत निर्माणको काममा क्षमता विकास गरी योजना तोकेर वार्षिक कार्यक्रम र योजना वनाई परिचालन गरिनेछ ।
- कुनैपनि सडक तथा भौतिक पूर्वाधार निर्माण गर्दा भई रहेकोपूर्वाधार नोक्सान नहुने गरी गर्नुपर्ने, नोक्सान हुने भए सोही योजनावाट मर्मत सम्भार गर्नुपर्ने नीति र सडक सुविधा विस्तारको लागि गाउँपालिकाको पूर्व स्वीकृति वमोजिम नयाँ ट्रयाक खोल्ने पाइने नीति अबलम्न गरिनेछ ।
- प्रत्येक वडाहरुमा थप आवश्यक सामुदायीक भवन निर्माण, बाल उद्यान
र जेष्ठ नागरिक मिलन केन्द्र स्थापना, पार्क तथा पर्यटकीय स्थलको विकास, होम स्टे र पर्यावरणीय पर्यटन प्रवद्र्धनमा विभिन्न पूर्वाधार निर्माणको काम गरिनेछ । - प्रतिक्षालय निर्माण, सहिद पार्क तथा भवन निर्माण गरि सना गोरेटो बाटो लाई पक्कि बनाउदै लगिनेछ ।
- विहादी गाउँपालिकाका व्यवस्थित प्रहरी चौकीको भवन नभएका स्थानहरुमा प्रहरी चौकी भवन निर्माण कार्यलाई अगाडी बढाईनेछ ।
पालिका स्तरिय सभा गृह तथा प्रत्यक वडामा सभाहल निर्माण गरिनेछ । - विद्यालय तथा शैक्षिक संस्था र अन्य सिकाई केन्द्रको भौतिक पूर्वाधारको व्यवस्था मिलाउन आर. सि.सि भवन निर्माण गरिनेछ । गाउँपालिका भित्र आवश्यक स्थानमा बेलिब्रिज तथा झोलुगें पुल निर्माण गरिनेछ ।
- आवश्यकता अनुसार एक बाट अर्को वडा जोड्न सडक, पुल,चक्रपथ, घोरेटो र पदमार्ग निर्माण गरिनेछ ।्पा
- लिकामा एक हेलिप्याड निर्माण गरिनेछ ।
- आवश्यता अनुसार एकीकृत र नमुनाबस्ती निर्माण, दलित तथा अन्य समुदाय र अन्य बेघरबारलाई आवास निर्माण, वडास्तरमै हिसा ं पीडितको उद्दार तथा पुनस्र्थापनाको काम गर्दै गईनेछ ।
- तलातुम— भुवारी हुदै हाडी खर्क सडकको ट्राक वपन गरिनेछ ।
- गेप्ताङ—चिउरी खाल्टा हुदै शिवपुरी जाने सडकलाई सुधार गरिनेछ ।