नेकपा एमाले विहादी गाउँपालिकाले गाउँपालिका भित्रका सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको छ । एमाले बाट गाउँपालिका अध्यक्ष पदमा ओम प्रसाद कुँवर र उपाध्यक्ष पदमा मिना शर्मा तिवारी उम्मेदवार छन् । एमाले प्रतिबद्धता पत्रमा गाउँपालिका भित्रका सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गर्ने बताईएको छ ।
त्यस्तै नेपाल तारा मा.वि. मा सञ्चालन हुदै आएको व्यवसायिक प्राविधिक शिक्षालयलाई व्यवस्थित गर्दै स्नातक तहमा कृषि बिषय पठनपाठन सञ्चालन गर्ने बताईएको छ । कक्षा १ देखि ८ सम्म कुनै एक बिषयलाई स्थानिय (विहादी गाउँपालिका पाठ्यक्रम) मा आधारित बिषयलाई अनिवार्य बनाउने एमाले प्रतिबद्धता पत्रमा उल्लेख छ । वहाकीँ सामुदायिक क्याम्पसमा ऐच्छिक बिषय अध्ययन गर्न चाहने विद्यार्थीको मागलाई ध्यानमा राख्दै सबै बिषय अध्ययन गर्न पाउने व्यवस्था मिलाईने पनि बताईएको छ ।