एमाले विहादी गाउँपालिकाले आफ्ना उम्मेदवारले निर्वाचन जिते विहादी गाउँपालिका वडा नं. ३ रानिपानीमा मिनी रंगशाला बनाउने र प्रत्येक वडामा एक व्यवस्थित खेलमैदान बनाउने भएको छ ।
आफ्नो ५ बर्षे प्रतिबद्धतामा एमालेले खेलकुदको विकासका लागि खेलमैदान देखि खेलाडीलाई विभिन्न सहयोग गर्ने कार्यक्रम अगाडी सारेको छ । सबैको शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न सामूहिक भावना विकास गर्ने र अनुशासित तथा मर्यादित जीवनयापन गर्न सिकाउने उद्देश्यले सम्पूर्ण विहादीवासीलाई कुनै न कुनै खेलकूदमा भाग लिन पाउने अवसर प्रदान गर्ने उल्लेख गरेको छ । विहादी गाउँपालिकामा एमाले बाट अध्यक्षमा ओम प्रसाद कुवँर र उपाध्यक्षमा मिना शर्मा तिवारी उम्मेदवार हुनुहुन्छ ।
यस्तो छ एमालेले विहादीमा खेलमैदान निर्माण तथा खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरु
- गाउँपालिकाको खेलकुदको विकासलाई महत्व दिईने छ । खेलकूद पूर्वाधार विकास कार्यक्रमलाई जोड दिईनेछ ।
- ज्दक्षिण पर्वतको उत्कृष्ट खेलमैदान मानिने ईमिचौरमा मिनि रंगशाला निर्माणको काम लाई मुर्तरुप दिईनेछ । उक्त स्थान लाई दक्षिण पर्वतकै उतकृष्ट खेलमैदानको रुपमा विकास गरिनेछ ।
- बाच्छा, माझगाउँ, आपालय लगाएतका स्थानमा निर्माण भएका खेलमैदान लाई व्यवस्थित गरि नियमित खेलका गतिविधि सञ्चालन गरिनेछ ।
‘एक वडा–एक खेल मैदान’ को नीति लाई निरन्तरता दिईनेछ - द्क्ष खेलाडी उत्पादन तर्फ पनि ध्यान दिदै खेलाडीहरुलाई प्रोत्साहन गर्न विभिन्न खेलकुदका सामाग्री वितरण गरिनुका साथै ड्रेस वितरण कार्य गरिनेछ ।
- सबै माध्यामिक विद्यालयहरु वीचमा प्रतिस्पर्धा गरी राष्ट्रपति रनिङ्गशिल्ड कार्यक्रम सञ्चालन, र वार्ड स्तरमा विभिन्न विधाका खेलकुदहरु सञ्चालन गरिदै लगिनेछ ।
- सबैको शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न सामूहिक भावना विकास गर्ने र अनुशासित तथा मर्यादित जीवनयापन गर्न सिकाउने उद्देश्यले सम्पूर्ण विहादीवासीलाई कुनै न कुनै खेलकूदमा भाग लिन पाउने अवसर प्रदान गरिनेछ ।