एमाले विहादीको घोषणापत्रः प्राविधिक तथा गुणस्तरिय शिक्षामा जोड, शिक्षकको झोलामा एक ल्यापटप कार्यक्रम

एमाले विहादीको घोषणापत्रः प्राविधिक तथा गुणस्तरिय शिक्षामा जोड, शिक्षकको झोलामा एक ल्यापटप कार्यक्रम

  • Kanchan News

  • आइतवार, बैशाख १८, २०७९

  • 276
    SHARES
एमाले विहादीको घोषणापत्रः प्राविधिक तथा गुणस्तरिय शिक्षामा जोड, शिक्षकको झोलामा एक ल्यापटप कार्यक्रम

निर्वाचनमा होमिएको नेकपा एमाले विहादी गाउँपालिकाले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो । एमालेले शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ ।

यस्तो छ एमाले विहादीले शिक्षा क्षेत्रमा गर्ने कामहरु

१ शिक्षा प्राप्तीबाट बन्चित तथा विद्यालय भन्दा बाहिर रहेका वालवालिकाको पहिचान गरी आधारभुत तह सम्मको शिक्षा अनिवार्य प्राप्त गर्ने अवसरको ग्यारेन्टी गरीने छ । साथै विद्यालय बाहिर रहेका, विद्यालयमा केही वर्ष अध्ययन गरेर छाडेका, फरक क्षमता भएका बालबालिकाका लागि क्षेत्रगत स्रोत कक्षा, वैकल्पिक कक्षा र प्रविधियुक्त शिक्षाको व्यवस्था गरिने छ । शिक्षाको पहुच बाहिर रहेका हरेक विहादी नागरिकहरुलाई शिक्षाको दायरा भित्र ल्याईने छ ।
२ उच्च शिक्षा हासील गर्न चाहने गरीव जेहन्दार विधार्थीको पहिचान गरी आवश्यक पहल गरीने छ । साथै पालिकामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्दै अध्ययनको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।
३ नेपाल सरकारको नीति अनुसार निरक्षरता उन्मूलन गर्ने कार्य प्रभावकारी नभएको वडामा साक्षरता अभियान सन्चालन गरीने छ र ५ वर्ष भित्रमा सवैलाई साक्षर बनाईने छ । साथै गाउँपालिकाको ७२.८५ प्रतिशत साक्षरता दरलाई बढाएर ९० प्रतिशत बनाइनेछ ।
४ वालशिक्षामा कार्यरत शिक्षकहरुको कुनै समस्या भए समाधान गरिनेछ ।
५ प्रत्येक तहमा अध्यनरत विधार्थीहरुको क्षमता अभिवृद्विको लागि शिक्षा शाखाबाट मासिक रुपमा विविध कार्यक्रमको आयोजना गरीने छ ।
६ पालिका भरीका शिक्षकहरुको कार्यको मूल्याङ्कन गरी उचित पुरस्कारको व्यवस्था गरीने छ ।
७ तालिम अप्राप्त शिक्षकहरुलाई अनिवार्य तालिमको व्यवस्था मिलाईने छ ।
८. गाउँपालिका भित्रका सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने छ ।
९. शिक्षण पद्धति र सिकाई क्रियाकलापलाई प्रविधि सँग जोड्दै थप प्रभावकारी बनाईनेछ ।
१०. सबै विद्यालयमा सूचना तथा सञ्चार प्रविधिलाई अनिवार्य गर्ने, इ–लाइब्रेरी स्थापना गर्ने, सम्पूर्ण विद्यार्थीहरूलाई पाठ्यपुस्तकका साथै क्रमशः ल्यापटप समेत अध्ययन सामाग्रीका रुपमा उपलब्ध गराइने छ ।
११. विद्यार्थीहरूलाई राष्ट्रिय परिवेश, अर्थतन्त्र, प्रविधि र सेवासित परिचित गराउन सम्बन्धित क्षेत्रहरूको अध्ययन अवलोकन भ्रमणलाई प्रोत्साहत गरिने छ ।
१२. कक्षा १ देखि ८ सम्म कुनै एक बिषयलाई स्थानिय (विहादी गाउँपालिका पाठ्यक्रम) मा आधारित बिषयलाई अनिवार्य गराईनेछ ।
१३. शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने छ । विद्यालयलाई शान्ति क्षेत्रबनाइने छ ।
१४. शिक्षण पेशालाई पेशागत र मर्यादित तथा सामुदायिक विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, खेलकुदको व्यवस्था, सरसफाई आदिको प्रबन्ध मिलाईनेछ ।
१५. शिक्षा क्षेत्रको चौतर्फि विकासमा योगदान पु¥याउने तथा शिक्षा प्रेमी व्यक्तिलाई हरेक बर्ष सम्मान गरिनेछ ।
१६. गुणस्तरिय शिक्षालाई सधैँ केन्द्रमा राखि शैक्षिक गतिविधिहरु सञ्चालन गरिनेछ ।
१७.वाल कक्षा क्रमशः मा.वि.सम्म आवश्यकता अनुसार नेपाली÷अंग्रेजी दुवै माध्यमबाट अध्यापनको व्यवस्था मिलाईनेछ ।
१८. दिवा खाजा कार्यक्रम कक्षा १ देखी ८ सम्म लाई थप व्यवसिथत गर्दै अर्गानिक खाजामा जोडदिदै जंगफुडलाई अन्त्य गरिनेछ ।
१९. नेपाल तारा मा.वि. मा सञ्चालन हुदै आएको व्यवसायिक प्राविधिक शिक्षालयलाई व्यवसिथत गर्दै स्नातक तहमा कृषि बिषय पठनपाठन सञ्चालन गरिनेछ ।
२०. वहाकीँ सामुदायिक क्याम्पसमा ऐच्छिक बिषय अध्ययन गर्न चाहने विद्यार्थीको मागलाई ध्यानमा राख्दै सबै बिषय अध्ययन गर्न पाउने व्यवस्था मिलाईनेछ ।
२१. एक शिक्षक एक ल्यापटपको र एक कक्षा एक प्रोजेक्टरको नीति पूर्ण कार्यान्वयनमा लगिनेछ ।
२२. आवासीय विद्यालयको मापदण्ड निर्धारण र स्वीकृतिको व्यवस्था मिलाईनेछ ।
२३. गाउँपालिका भित्रका प्रतयेक विद्यालयको भौतिक पुर्वाधारको अवस्थाालाई अत्याधुनिक बनाईने छ । विद्यालयका सबै भवन विद्यार्थीमैत्री बनाईने छ र सुधार तथा विस्तार गर्नुपर्ने विद्यालयलाई यथाशाक्य छिटो गरिनेछ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News