एमाले विहादीको घोषणा पत्रः सिंचाइ गर्न कालिगण्डकीको पानी लिफ्ट गर्ने, कृषक बचतकोष विस्तार गर्ने

एमाले विहादीको घोषणा पत्रः सिंचाइ गर्न कालिगण्डकीको पानी लिफ्ट गर्ने, कृषक बचतकोष विस्तार गर्ने

  • Kanchan News

  • आइतवार, बैशाख १८, २०७९

  • 172
    SHARES
एमाले विहादीको घोषणा पत्रः सिंचाइ गर्न कालिगण्डकीको पानी लिफ्ट गर्ने, कृषक बचतकोष विस्तार गर्ने

निर्वाचनमा होमिएको नेकपा एमाले विहादी गाउँपालिकाले पाँच बर्षे घोषणा पत्र सार्वजनिक गरेको छ । पाँच दलिय गठबन्धन सँग एक्लै चुनाव लड्न लागेको एमालेले आफु निर्वाचन जिते पाँच बर्षमा गर्ने कामहरुको प्रतिबद्धता जनाउदै घोषणा पत्र सार्वजनिक गरेको हो ।शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, रोजगार,पूर्वाधार; सुन्दर, समृद्ध र नमूना–विहादी निर्माणको आधार भन्ने नारा लाई अगाडी सारेको छ ।

एमालेले कृषिमा लोकप्रिय कार्यक्रमहरु अगाडी सारेको छ ।
परम्परागत कृषि प्रणालिमा सुधार गर्दै कृषिमा यान्त्रिकीकरण,व्यवसायीकरण र आधुनिकीकरणलाई जोड दिएको छ । व्यवसायीक तरकारी उत्पादन गर्ने कृषकलाई एक व्यवस्थित पोखरीको व्यवस्था गरि पानी नभएका कृषकको घरमा ट्याकंर मार्फत पानी पु¥याउने व्यवस्था मिलाउने बताएको छ । त्यस्तै रानीपानी र वर्राचौरको समथर तथा खेतीयोग्य जमिन भएता पनि सिंचाई गर्न पर्याप्त पनी नहुदा फाँटहरु टाट पल्टिएको वर्तमान अवस्थाको अन्त्य गरि कालीगण्डकी नदीको पानी लिफ्ट प्रणाली मार्फत ल्याई सींचाईको व्यवस्था गर्ने कार्यको थालनी गर्ने एमाले विहादीको प्रतिबद्धता छ । यसका लागि आफ्नो पार्टी बाट निर्वाचित वर्तमान गाउँपालिका अध्यक्षले डि.पि.आर. तयार समेत गरेको जनाएको छ । प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने देखि बाच्छामा सुन्तला राख्न एक छुट्टै चिस्यान केन्द्र स्थापना गर्ने समेत बताएको छ । त्यस्तै जनप्रतिनिधि किसानको सारथी कार्यक्रमलाई समेत आगाडी बढाउने बताएको छ । यस्तो छ एमाले विहादीले गर्ने कृषि तथा सिंचाई क्षेत्रका कामहरु

  1. परम्परागतकृषि प्रणालिमा सुधार गर्दै कृषिमा यान्त्रिकीकरण,व्यवसायीकरण र आधुनिकीकरणलाई जोड दिईनेछ ।
  2.  सिंचाई को विस्तार,कृषि– भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै पालिकालाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाईनेछ ।
  3. कृषि पेशा तर्फ आकर्षण गर्न तथा उत्पादकत्व वृद्धि गर्न टनेल, थ्रेसर, कुटानी पिसानी मिल, हाते ट्याक्टर, लगाएतका कृषि यन्त्रहरु वितरण गरिनेछ ।
  4. उत्पादन र उत्पादकत्व, वृद्धि गर्दै कृषकको दैनिक स्तर उकास्न तथा कृषि कर्मलाई सरल र सहज बनाउन कृषि अनुदानको व्यवस्था मिलाईनेछ ।
  5. व्यवसायीक खेती तर्फ उत्प्रेरण जगाउन कृषि प्रविधि,कृषि बिमा तथा विभिन्न किसिमका तालिम सञ्चालन गरिनेछ ।
  6. एक वडामा एक नर्सरी, एक घर एक टनेल, एक घर एक मौरी घार तथा सुन्तला, कागती, आँप, अनार तथा बगैचा विस्तार लागएतका कृषि कर्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
  7. पानीको समस्या भएका स्थानमा तरकारी उत्पादक कृषकलाई एक व्यवस्थित पोखरीको व्यवस्था गरि पानी नभएका कृषकको घरमा ट्याकंर मार्फत पानी पु¥याउने व्यवस्था मिलाईनेछ । जस्तैः कृषकको घरमा एक पोखरी निर्माण गर्ने र पानी सकिदा साथ खोलाको पानी ट्याकंरमा भरी गाडी मार्फत कृषकको घर मा पानि झार्ने व्यवस्था मिलाईनेछ ।
  8.  प्रदेश सरकारले घोषण गरेको मुख्यमन्त्री कृषि नमुनाका गाउँ रानीपानी कुमाल गाउँ तथा गेप्ताङ सहित रानीपानी,बर्राचौरका फाँटहरु, बाच्छा, वहाकी आपालयका फाँट अनि डुड तथा खोरपोखर र शालिग्रामको लामगरको खेतीयोग्य जमिनलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गरिने छ ।
  9.  यस गाउँ पालिकाको रानीपानी र वर्राचौरको समथर तथा खेतीयोग्य जमिन भएता पनि सिंचाई गर्न पर्याप्त पनी नहुदा फाँटहरु टाट पल्टिएको वर्तमान अवस्थाको अन्त्य गरि कालीगण्डकी नदीको पानी लिफ्ट प्रणाली मार्फत ल्याई सींचाईको व्यवस्था गर्ने कार्यको थालनी गरिने छ । साथै यस अघि हाम्रो पार्टीका गाउँपालिका अध्यक्षले नै यसको डि.पि.आर. तयार पारि तथा सबै प्रक्रिया पुरा गरेको जानकारी गराउदै एक बर्ष भित्रमानै उक्त कामको थालनि गरिनेछ ।
  10.  किसानलाई व्यवसायीक रुपान्तरित गर्न पशुपालन, मौरीपालन, माछापालन, मासु उत्पादन, दुग्ध तथा पोल्ट्री जन्य वस्तू उत्पादन, वडा स्तरमा चिस्यान केन्द्र स्थापना तथा मिल्क क्यानको व्यवस्था, घाँसको नर्सरी स्थापना गरी कृषकलाई वितरण, गरिब विपन्नहरु लाई व्यवसायीक बनाउन सुंगुर,बाख्रा,कुखुरा वितरण जस्ता कार्यक्रमलाई सदैव महत्व दिईनेछ ।
  11.  विहादी गाउँपालिकाको पुर्नगाउँ,गेप्ताङ र उपल्लो बाच्छामा भुई स्याउको सम्भाव्यता अध्ययन गरि उक्त खेतीको विस्तार गरिनेछ ।
  12.  बाच्छालाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै त्यहाँ उत्पादित सुन्तला बाह्रैमास खान मिल्ने गराउन चिस्यानकेन्द्रको व्यवस्था मिलाईनेछ ।
    जनप्रतिनिधि किसानको सारथी कार्यक्रमलाई अगाडी बढाईनेछ ।
  13. धान,मकै, गहुँ,तोरी, आलु लगाएतका नगदेबाली हुने स्थानको सम्भाव्यता अध्ययन गरि ति क्षेत्र लाई पकेट क्षेत्रको रुपमा विस्तार गर्दै त्यस्ता उद्यममा संलग्नहरुलाई सहयोग तथा प्रवद्र्धन कार्यक्रम लागु गरिनेछ ।
  14.  कृषि उपज विक्री वितरणमा सहज ल्याउन तथा कृषकले उत्पादन गरेका तरकारी खेर जान नदिन विहादी गाउँपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गर्ने हाम्रो पार्टीको नेतृत्वले अगाडी सारेको नितिलाई यसै आर्थीक बर्षमा कार्यान्वयन गरिने छ ।
  15.  जीवनमुखी खेतीबाट उत्पादनतर्फ लैजान,कृषकको बचत गर्ने बानीको विकास गर्न,कृषकहरुलाई प्रोत्साहन तथा कृषि व्यवसायलाई व्यवस्थित बनाउन सञ्चालन गरिएको कृषक बचतकोषलाई ६ ओटै वडामा व्यापक रुपमा विस्तार गरिनेछ भने कृषको बैंक खाता खोली रकम जम्मा गर्ने मिशनलाई सधैँ प्रथामिकता दिदै थप प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
  16. गाउँपालिकाले मासिक रुपमा कृषकको खातामा २ सय ५० जम्मा गर्ने नितीलाई वृद्धि गर्दै मासिक ५ सय रकम कृषकको बैंक खातामा जम्मा गर्ने व्यवस्था मिलाईनेछ ।
  17. व्यवसायीक रुपमा रागो पालन गर्ने किसानलाई बार्षीक प्रति एक रागो बराबर १० हजार रकम अनुदान दिने,उन्नत जातको गाई तथा भैंसी पाल्ने किसानलाई प्रति एक गाई ÷ भैंसी २० हजारका दरले अनुदान दिने व्यवस्थालाई निरन्तरता दिदै लगिने छ ।
  18. किसानलाई प्रोत्सहान गर्न व्यवसायीक किसानले उत्पादन गरेको प्रति लिटर दुधको बजार भाउ भन्दा दिदै आएको ३ रुपैयाँ बढि रकमलाई बढाएर ५ रुपैयाँ पु¥याईनेछ
  19.  कृषिलाई समृद्धिको बलियो आधार मान्दै कृषि क्षेत्रको आधुनिकिरिण मार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्दै खाद्य सुरक्षाको प्रत्याभुती गरिने योजना अगाडी सारिनेछ ।
  20.  कृषि क्षेत्रको चौतर्फी विकासको लागि विभिन्न किसिमका अनुदान दिनुका साथै प्रत्येक वडामा कृषि उपज बिग्रन नदिन चिस्यान केन्द्रको स्थापना गरिनेछ ।
  21.  स्थानिय स्तरमा उत्पादित कृषि उपजमा आधारित उद्योग स्थापना गरि रोजगारीका साथै मकै,गहुँ,जौँ, भट्टमास,केराउ जस्ता नगदेबालीको परिकार निर्माणमा जोड दिदै कषि मार्फत रोजगारीको व्यवस्था मिलाईनेछ ।
  22.  भू उपयोग कानून वनाइ जमिन वाँझो राख्नेलाइ निरुत्साहन र बाँझो जमिनमा खेती गर्न प्रोत्साहन गर्ने ऐन नियम तथा नीति निर्माण गरिनेछ ।
  23.  कृषि र पशुपंक्षि क्षेत्रमा व्यवशायिक रुपमा काम गरीरहेका किसानकोलागि स्थलगत प्राविधिक सेवा कार्यक्रम गाउँपालिका बाट मिलाईनेछ ।
  24.  विहादी गाउँपालिकाका सबै खेती योग्य जमिनहरुमा बाह्रै महिना सिंचाईको व्यवस्था मिलाउन नहर तथा कुलो निर्माण गरिनेछ ।
  25. स्थानिय बालिको संरक्षण गर्दै नगदे बालिको बिउ विजन वितरण कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लगिनेछ ।
  26.  आयातित वस्तुलाई निरुत्साहित गर्नको लागि स्थानिय उत्पादनलाई प्रोत्साहन गरिनेछ ।
  27.  प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गरिनेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News