इन्टरनेट सेवा प्रदायकहरुले गरे राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बहिस्कार

इन्टरनेट सेवा प्रदायकहरुले गरे राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बहिस्कार

  • Kanchan News

  • आइतवार, बैशाख १८, २०७९

  • 176
    SHARES
इन्टरनेट सेवा प्रदायकहरुले गरे राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बहिस्कार

इन्टरनेट सेवा प्रदायकहरुले राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस बहिस्कार गरेका छन् । एक विज्ञप्ती जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरुले यस वर्षको सूचना तथा संचार प्रविधि सँग सम्बन्धित कुनै पनि कार्यक्रममा सहभागीता नजनाउने बताएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुका कारण यस्तो अवस्था सृजना भएको भन्दै क्यान महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै क्यान महासङ्घले सम्बन्धित निकायहरूलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

शुक्रवार मात्रै इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्थाबारे जानकारी गराएको थियो । नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ किनेर सञ्चालन हुने गरेको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ ।

विज्ञप्ती हेर्नुहोस् ।

file:///C:/Users/Dell/Downloads/Press%20Release%20of%20ISPAN.pdf


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News