स्थानीय तह निर्वाचन : मनोनयनविरुद्धका उजुरीमा आयोगले जाँचबुझ गर्दै

स्थानीय तह निर्वाचन : मनोनयनविरुद्धका उजुरीमा आयोगले जाँचबुझ गर्दै

  • Kanchan News

  • बुधबार, बैशाख १४, २०७९

  • 74
    SHARES
स्थानीय तह निर्वाचन : मनोनयनविरुद्धका उजुरीमा आयोगले जाँचबुझ गर्दै

आसन्न स्थानीय तहको निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।

आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेललेका अनुसार आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरिरहेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने छ ।

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे एक लाखले उम्मेदवारी दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News