कांग्रेसले गोरखामा कुनै पनि दलसँग तालमेल नगर्ने

कांग्रेसले गोरखामा कुनै पनि दलसँग तालमेल नगर्ने

  • Kanchan News

  • आइतवार, बैशाख ११, २०७९

  • 103
    SHARES
कांग्रेसले गोरखामा कुनै पनि दलसँग तालमेल नगर्ने

यही ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोरखामा कुनै पनि दलसँग तालमेल नगर्ने भएको छ । आइतबार जिल्ला कार्यसमिति बैठक बसेर एकल रुपमा चुनाव लड्ने निर्णय गरेको हो ।

‘सत्ता गठबन्धनमा रहेका अन्य दलका केही साथीहरुको महत्वकांक्षा र राजनीतिक अपरिपक्कताका कारण गठबन्धन टिकेन,’ बैठकपछिको पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले भने, ‘त्यसैले अन्य दलहरुसँग तालमेल नगरी एक्लै चुनाव लड्ने निर्णय कांग्रेसले गरेको हो ।’ शनिबार बसेको गठबन्धनको संयन्त्र बैठकमा पनि दलहरुले आ–आफ्नो हिसाबले चुनाव लड्ने निर्णय गरेका थिए ।

चुनावी तालमेलका लागि आफूहरुले हदैसम्मको लचकता अपनाएको न्यौपानेले बताए । ‘केन्द्रीय समितिले बनाएको नीति अनुसार २०७४ सालको स्थानीय तह चुनावमा जुन दलले जहाँ जितेको छ, जसको मतभार बढी छ त्यही उसको रहने र बाँकीमा संगठनको अवस्था हेरेर सिट बाँडफाँट गर्ने भन्ने थियो, त्यही नीतिलाई टेकेर हामीले यसअघिको चुनावमा जितेको ९ पालिका र ४५ वडा माग्यौं, माओवादीले ६ पालिका दावी गर्यो र जनता समाजवादी पार्टीले तीन वटा पालिका माग्यो, त्यसमा हामी लचक भएर सात पालिकासम्म झर्यौं तर उहाँहरुले त्यति लचकता नदेखाएपछि गठबन्धन टुटेको हो,’ उनले भने ।

तीन पालिका, २५ वडा र १०० सदस्य मागेको जसपाले शुरुदेखि नै पार्टीको सांगठनिक अवस्था एकीन गर्नका लागि मित्रवत प्रतिस्पर्धामा जाने प्रस्ताव गर्दै आएको उनले बताए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News