पोखराको मेयरमा गठबन्धनका धनराज आचार्य र एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा

पोखराको मेयरमा गठबन्धनका धनराज आचार्य र एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा

  • Kanchan News

  • आइतवार, बैशाख ११, २०७९

  • 105
    SHARES
पोखराको मेयरमा गठबन्धनका धनराज आचार्य र एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले विभाजन हुनुअघि आचार्य र पौडेल दुबै एमालेमा सक्रिय भई राजनीतिमा थिए।

तर, पार्टी विभाजन भएपछि उनीहरु फरक कित्ताबाट प्रतिस्पर्धा गर्न लागेका हुन्। गठबन्धनबाट उपमेयरमा भाग पाएको नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। उपमेयरमा मञ्जुदेवी गुरुङ लाई उठाउने एमालेले निर्णय गरेको छ ।यसअघि पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्।

माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News